महोत्तरीमा बस दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

65
फोटो सामाजिक संजाल

काठमाडौं – महोत्तरीमा यात्रुवाहक बस पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो ।

खेरमाराबाट काठमाडौं हिँडेको यात्रुवाहक बस शुक्रबार बिहान ब्रेकफेल भएर लक्ष्मी जनता माध्यमिक विद्यालयको गेटमा ठोक्किएर दुर्घटना भएको हो ।

स्थानीय इन्दु लामाका अनुसार बसमा चार जनाको घटनास्थलमै ज्यान गएको हो । बसमा सवार २० जना यात्रु घाइते भएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन ।घाइतेहरूलाई उपचारको लागि एम्बुलेन्सबाट  बर्दिबास ल्याइँदै छ ।

घटनाको थप विवरण आउनै बाँकी छ ।

समाचार वर्गहरू