काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाहेक सबै तहका सम्मेलनको मिति परिवर्तन गरेको छ। मंगलबार सम्पन्न स्थायी समिति बैठकले उक्त निर्णय गरेको मंगलबार प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।
उनका अनुसार सदस्यता नवीकरण र सम्मेलनहरुको तालिका फेरिएको छ।सदस्यता नवीकरणको म्याद २५ कात्तिकसम्म थपिएको छ।
यसैगरी टोल सम्मेलनहरु २७ कात्तिसम्म, वडा सम्मेलन ४ मंसिरसम्म हुनेछन्। पालिका सम्मेलनलाई ११ मंसिरसम्मको समयसीमा कायम गरिएको महराले बताए।
प्रदेश सम्मेलन २५ कात्तिकसम्म सकेर राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म गर्नेलगायत विषय समेटिएको अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पारित गर्दै बैठक टुंगिएको हो ।