‘माटोले जे खोज्छ बजारले के खोज्छ त्यै गर्नुस् : मन्त्री अर्याल

13

काठमाडौं, साझा खवर संवाददाता – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकता अनुसार सहकारीकर्मीहरू अगाडि बढ्न निर्देशन दिएकी छन् । काठमाडौंमा आयोजित सहकारी संस्थाहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने बताइन । संस्थाको सदस्यको हितलाई पहिलो प्राथमिकता राखेर सहकारीले काम गर्नुपर्ने भन्दै उनले त्यसपछि संस्थाको सन्देश प्रवाह गर्नेगरी काम गर्न आग्रह गरिन् । सहकारी अभियान कौशीमा भएकालाई पिंढिमा झार्ने नभएर पिंढिमा भएकालाई कौशिमा उकाल्ने अभियान भएको भन्दै मन्त्री अर्यालले ३४५१२ सहकारीमध्ये करिब आधा जति बचत तथा ऋण सहकारी संस्थाहरु रहेको बताईन । त्यसकारण अब मन्त्रालयले मर्जरको अभियान सञ्चालन गरेको भन्दै बचत तथा ऋण सम्बन्धी काम गर्ने संस्थाहरूले पनि अब काम गर्ने तरिका बदल्ने अवस्था आएको उनको भनाई थियो ।

पुँजी जति परिचालन भयो त्यति फाइदा हुने भन्दै मन्त्री अर्यालले संकलन भएको रकम थुपारेर राख्ने मात्र नभएर त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन उनले निर्देशन दिईन । अबको पुरानो कानुनले आजको सहकारीको आवश्यकता पूरा नगर्ने भन्दै मन्त्री अर्यालले सहकारी ऐन २०७४ ले समेट्न नसकेका कुरा समेट्नका निम्ती ऐन संशोधन गरेर हामी अगाडि बढ्ने बताईन । दिगो लक्ष्य हासिल गर्नका निम्ति द्रुतगतिमा बढी भन्दा बढी मान्छे सहभागी गराएर उत्पादनमा लगाउनुपर्ने भन्दै उनले तबमात्र दिगो लक्ष्य हासिल गर्न सकिने बताईन । उनले भनिन्, ‘गाउँमै उत्पादन बढाउने त्यसपछि रोजगारी सिर्जना गरेर अब विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्छ ।’

सहकारीमा भएको लगानीको सुरक्षाका निम्ति मन्त्रालयले कर्जा सूचना केन्द्रको आवश्यकता देखेर त्यसलाई अगाडि बढाएको भन्दै उनले सहकारीमा ब्याजको विषयलाई लिएर धेरै गुनासो आएपछि त्यसमा एकरूपता ल्याउन अहिले १६ प्रतिशत ब्याजदर तोकिएको जानकारी दिईन ।

समाचार वर्गहरू