मुख्यमन्त्री बनेको १३ दिनमै अष्टलक्ष्मी को मुख्यमन्त्री पद धरापमा

7

हेटाैंडा – मुख्यमन्त्री को पदभार सम्हालेको १३ दिनमै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

नेकपा एमाले विभाजित भएसँगै मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा पुगेर नेकपा एमालेका १२ सांसद नेकपा एकीकृत समाजवादी राेजेपछी मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

१०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालीन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

समाचार वर्गहरू