मुख्यसचिव अर्याल र सचिव दुवाडीको अवकाश, चार सचिवको सरुवा

73

काठमाडौं – नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीले अवकाश पाएका छन्।

मुख्यसचिवले ५८ वर्षे उमेरहदका कारण र सचिव दुवाडीले सचिवको पाँच वर्षे पदावधिका कारण मंगलबारदेखि अवकाश पाएका हुन्। यो सँगै सरकारले नयाँ मुख्यसचिवमा समुनराज अर्याललाई नियुक्त गरिसकेको छ।

त्यस्तै, सरकारले चार सचिवको पनि सरुवा गरेको छ । कोशी प्रदेशमा प्रमुख सचिवका रुपमा कार्यरत चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा मधेसमा कार्यरत मदन भुजेललाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

संघीय मामिलाका रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। त्यस्तै, भूमी व्यवस्थाका केदारनाथ शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

समाचार वर्गहरू