मुद्दा जिताइदिने भन्दै सर्वोच्चका थापाले १० लाख घुस लिएको आरोप

145

काठमाडौं – सर्वोच्च अदालतका एक कर्मचारीले १० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

मुद्दा जिताइदिने भन्दै सर्वोच्चका कर्मचारी पुष्कर थापाले १० लाख रुपैयाँ घुस लिएको ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका निवासी सुशीला निरौलाले आरोप लगाएकी हुन् ।

निरौलालेले सर्वोच्च अदालत र विभिन्न कर्मचारी संगठनलाई लेखेको पत्रमा आफ्नो दिवंगत पतिको नाममा चलेको मुद्दा जिताइदिने वाचासहित ती कर्मचारिले घुस लिएको दाबी गरेकी छिन् ।

यदि कथंकदाचित मुद्दा हारेमा उक्त घुसको पैसा फिर्ता गरिदिने शर्तमा ती कर्मचारीलाई १० लाख दिएको उनले पत्रमा उल्लेख गरेकी छन् । यस विषयमा केही कर्मचारी संगठनहरूले थापालाई सोधपुछ गरेको बताइएको छ ।

थापा सर्वोच्चको फैसला कार्यान्वयन शाखामा कार्यरत कर्मचारी हुन् ।

समाचार वर्गहरू