पोखरा – मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनर्सिंह लालचन विजयी भएका छन् ।
लालचनले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सन्जयकुमार थकाली २ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
लालचनले ७६० मत ल्याएर विजयी हुँदा एमालेका सन्जयकुमार थकाली ७५८ मा स्तब्ध भए ।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापा मगर ६९३ मतका साथ बिजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६१८ मत पाएकी छन् ।