‘मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन्’ – बालेन शाह

8
फाइल फोटो

काठमाडाैं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्।

मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन्।

‘मेयरबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन,’  शाहले भनेका छन। उनले स्टाटसमा यो देश कहिल्यै नबन्नेसमेत जनाएका छन ।

तर, उनले  कसले के कारण उनलाई राजीनामा दिन लगाउन खोजेको हो त्याे भने केही खुलाएका छैनन् ।

शनिबार अचानक सामाजिक सञ्जालमा देखा परेकाे मेयर शाहकाे याे स्टाटसले एक किसिमको तरंग नै उत्पन्न गरेकाे छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू