सिन्धुपाल्चोक – मंगलबारको भिषण वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची नदी आसपासका २० जना सम्पर्कविहीन भएका छन्।
आयोजनामा कार्यरत तीन जना चिनियाँ, तीन जना भारतीय सहित नदी आसपासका बिस जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मंगलबार आएको उक्त बाढीका कारण हेलम्बु र मेलम्चीका ५ वटा झोलुङ्गे पुल ४ वटा पक्की पुल पुरण रुपमा क्षती भएको छ । त्यस्तै सोही खोला किनारका ७ वटा ट्राउट माछा फर्मपनि पुर्ण रुपमा क्षतीभएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बुधबार जारी गरेको विज्ञप्ति अनुसार उक्त बाढीका कारण मेलम्ची नगरपालिकाका ६०० जना र हेलम्बु गाउँपालिकाका ३०० जना गरी कुल ९ सय स्थानिय बासिन्दा प्रभावित भएका छन् । त्यस्तै ७४ जनाको उद्दार गरिएको छ भने ५ जना घाइतेको उपचार भइरहेको छ ।