मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गरे कारवाही

17

रासस, (काठमाण्‍डौ) –  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने वा परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ ।

लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको हो ।

लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि सुरु भएको अभियान अन्तर्गत गत शनिबार पहिलो दिन ३ सय ४५ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक नियम उल्लङ्घन विरुद्ध कारवाही अभियान पनि जारी राखेको जनाएको छ ।

समाचार वर्गहरू