मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने

29

(काठमाडौं) – पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश स्थानको मौसम बदली भएको छ ।

सोमबार मुलुकका धेरै ठाउँमा मेघगर्जन र हावाहुरी सहित पानी पर्ने मौसमविद्ले बताएका छन् । नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जन सहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको महाशाखाले जनाएको छ । आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २२ गते (सोमबार)

दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भू-भागका थोरै स्थानहरुमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ् सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २३ गते (मंगलबार)

दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पूर्वका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना सहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशको अधिकांश भू-भागमा सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २४ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै पूर्वी र मध्य तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ् सहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तराईका भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन,  चट्याङ् सहित वर्षाको सम्भावना रहेको छ ।

समाचार वर्गहरू