मौसम, पाँच जिल्लामा हिमपातको सम्भावना

81

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  तथा बाँकी  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

समाचार वर्गहरू