मौसम, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

95

काठमाडौं – जाल देशका लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै अन्य प्रदेशहरूमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसको प्रभावले आज बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको पनि महाशाखाले जानकारी दिएको छ।

यस्तै आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

समाचार वर्गहरू