यस्तो छ आजका लागि फलफुल र तरकारीको थोक मूल्य

63

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा साना (टनेल) ७८ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २८ रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो २३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रहेको छ ।

यसैगरी गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ७० कायम भएको छ ।

त्यसैगरी बोडी (तने) प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ९५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १४० रुपैयाँ, तीते करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ६० रुपैयाँ, चिचिन्डो प्रतिकिलो ५० रुपैयाँ, घिरौँला प्रतिकिलो ७० रुपैयाँ, झिगुनी प्रतिकिलो ९० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७५ रुपैयाँ, भिन्डी प्रतिकिलो ६० र पिँडालु प्रतिकिलो ५० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो प्रतिकेजी १२० रुपैयाँ, तोरीसाग प्रतिकिलो ४० रुपैयाँ, चमसुरको साग प्रतिकेजी १४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३२० र सिताके च्याउ प्रतिकेजी १ रुपैयाँ,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६५ रुपैयाँ, निगुरो प्रतिकिलो ७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ६० रुपैयाँ, सजीवन प्रतिकिलो १२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ११० रुपैयाँ, पार्सले प्रतिकिलो २८० रुपैयाँ, सेलरी प्रतिकिलो १२० रुपैयाँ, सौफको साग प्रतिकेजी १२० रुपैयाँ, पुदिना प्रतिकिलो १०० रुपैयाँ, गान्टेमुला प्रतिकिलो ६० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १५० रुपैयाँ, तोफु प्रतिकिलो १५० र गुन्द्क प्रतिकिलो ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, कागती प्रतिकेजी २८० रुपैयाँ, केरा (मालभोग) दर्जन २२० रुपैयाँ, केरा (नेपाली) २०० रुपैयाँ, अनार प्रतिकिलो ५०० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो ३०० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ४५० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २५० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ५० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० र एभोकाडो प्रतिकिलो ८०० निर्धारण गरिएको छ ।

यसैगरी नरिवल (हरियो) प्रतिकिलो १६० रुपैयाँ, अदुवा प्रतिकिलो १७० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४५० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १०० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ६० रुपैयाँ, अकबरे प्रतिकिलो ५०० रुपैयाँ, भेडेखुर्सानी प्रतिकिलो ८० रुपैयाँ, हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १२० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १२० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो १२० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो १०० रुपैयाँ, सुकेको माछा प्रतिकिलो १००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० र ताजा माछा (छडी) प्रतिकिलो २८० निर्धारण गरिएको छ । रासस

समाचार वर्गहरू