यस्तो छ आजको मौसम

49

काठमाडौं – देशभर मनसुनी वायुको प्रभावले हल्का देखि भारी वर्षा भइरहेको छ। अहिले बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो समय गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  ठाउँमा भने ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा हुने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मुसलधारे पानी पर्ने विभागको बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार बुधबार राती पनि कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा निकै ठूलो पानी पर्न सक्ने विभागले चेतावनी दिएको छ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकोले उक्त स्थानमा हुनसक्ने सम्भावित जोखिमबाट बच्न विभागले अनुरोध गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू