यात्रा अस्ट्रेलियाको !
आमाको आशुका धारा
बाबाको रसाएका आँखा
बहिनिको न्याउरो अनुहार
साथिको सङगत
आफन्तको देखावटि मायाँ
एयर्पोट को एकमुस्ट बाइ बाइ
अनि म !
पर्याप्त थियो पर्देसी हुन
थोरै डर
अलि धेरै सम्झना
र
त्यो भन्दा धेरै देखावटि हासो
हातमा लगेज
काँधमा झोला
सहितको म
लागें लाइनमा
हेर्न सपनाको प्लेन
सोचको अस्ट्रेलियामा भबिस्यको खोजी गर्न
बाधिएँ बाध्यतामा म
चढें प्लेन
हराएँ त्यही हुलमा
रमाएँ त्यही दृश्य भित्र
सम्झिएँ परिबार ,आफन्त र साथी
धकेलें आशुलाइ जबर्जस्ती आखामा
उढे सबै भन्दा माथी
पुगें गन्तव्य
ओर्लिएँ सपनाको सिडि
चढे सोचको गाडी
बसें भबिस्यको कोठामा
घुमाएँ फोन
फैलाएँ खुसिको झुठो खबर सबैमा
पारें खुसी सबैलाइ
पत्याए सबैले झुठो हासो
मख्ख परें म
राखे फोन
बगाए आँसु
समाएँ कलम
लेखें कबिता
यात्रा अस्ट्रेलियाको !
गोलकोस्ट क्विसल्याण्ड अष्ट्रेलिया ।