युरेनियमको मात्रा बढाउने निर्णय फिर्ता लिन ईरानलाई दबाब

18

काठमाडौं – युरोपियन युनियन ईयुले आणविक हतियारमा युरेनियमको मात्रा बढाउने निर्णय फिर्ता लिन ईरानलाई दबाब दिएको छ ।

युरोनियमको मात्रा सिमित बनाउने गरी सन् २०१५ मा भएको सम्झौता बचाउनका लागि समेत ईरानले आफ्नो पछिल्लो निर्णय फिर्ता लिनुपर्ने भन्दै ईयुले वक्तव्य जारी गरेको रोयटर्सले जनाएको छ ।

जमिनमुनिको फोर्डो फ्युल इन्रिचमेन्ट पान्टबाट युरोनियमको मात्रा २० प्रतिशत बढाउने ईरानको निर्णयले आफ्नो गम्भीर चासो बढेको ईयुमा आवद्ध २७ राष्ट्रले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

इरानको सो कदमले कुटनीतिक सम्बन्धमा गहिरो असर पर्ने ईयुको भनाई छ । अमेरिकाले सन् २०१८मा लगाएको प्रतिवन्धको जवाफ स्वरुप ईरानले सो कदम चालेको विष्लेषण गरिँदै आएको छ ।

समाचार वर्गहरू