युवा नेता त्रय गगन, विश्व र रवि एउटै समितिमा

11

काठमाडौं – प्रतिनिधिसभाका तीन प्रभावशाली सांसद एउटै संसदीय समितिमा परेका छन् । प्रतिनिधिसभाले विषयगत समितिअन्तर्गत गठन गरेको राज्य व्यवस्था तथा सुशासन समितिमा एक से एक प्रभावशाली सांसदहरू परेका छन् ।

गगनकुमार थापा, विश्वप्रकाश शर्मा, राजेन्द्र लिङ्देन, रवि लामिछानेलगायतका प्रभावशाली सांसद एउटै समितिमा परेका हुन् ।

थापा प्रतिनिधिसभामा चौथापटक सदस्य (०६४ र ७० मा संविधानसभा तथा व्यवस्थापिका सांसद) छन् । लिङ्देन दोस्रोपटक तथा शर्मा र लाछिाने पहिलोपटक सदस्य बनेका हुन् ।

थापा र शर्मा संसदमा सबैभन्दा ठूलो दल कांग्रेसका महामन्त्री हुन् । लामिछाने चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू