एजेन्सी – यूएस ओपन टेनिसको उपाधि राफेल नाडालले उचालेका छन् । योसंगै नाडालले १९ औ ग्रान्डस्लाम जित्न सफल भएका छन् । निकैनै प्रतिस्पर्धात्मक खेलमा रुसी डेनियल मेदवेदेवलाई हराउँदै नाडालले यूएस ओपन टेनिसको उपाधि जितेका हुन् ।
दोस्रो वरियताका स्पेनिस नाडालले ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा जित निकाल्न सफल भए । नाडाल अब रोजर फेडेररको २० औं ग्रान्डस्लाम बराबरी गर्न मात्र एक उपाधि पछाडी छन् । जितपछि नाडालले उपाधि भिडन्त निकै रोमाञ्चक रहेको बताएका छन् ।
उनले भने, ‘मेरो टेनिस करियरको यो साँझ निकै भावनात्मक रह्यो, यो निकै रोमाञ्चक फाईनल खेल रह्यो ।
यो जितले उनलाई ग्राण्ड स्लामका अग्रणी स्वीस प्रतिद्वन्दी रोजर फेडररको समान बनाई दिएको छ ।