सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकले यो सरकार जनजिविकाको सवालमा पुरै असक्षम सावित भएकोले सत्तामा बस्ने नैतिक आधार गुमाइसकेको बताएको छ । जिल्ला सभापति विकास लामाले सोमबार एक विज्ञप्ति जारी गर्दै यो सरकार विचौलियाको मात्र हित गर्ने सरकार रहेको पनि बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ `विचौलिया मार्फत भ्याक्सिन खरिदमा समेत कमिसन खेलका समाचार स्वयं मन्त्रीबाट सार्वजनिक भएरको सरकारले भ्याक्सिनमा नभै मृत्यु पर्यन्त शव वाहन अनि दाउरा र खरानीमा समेत कमिसन खोज्न थाल्यो ।`
सिन्धुपाल्चोकमा कोरोना महामारी गाउँ गाउँमा पुग्दासमेत सरकार उदासीन रहनु दुखद रहेको कांग्रेसको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ, `सिन्धुबाटै सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीले डेथ बढी प्याक गर्ने ब्याग वितरणकोनोटिस सार्वजनिक गर्नुले जनता बचाउने कुरा नै सरकारको प्राथमिकतामा नपरेको देखिन्छ ।`
सिन्धु कांग्रेसले मातहतका सबै पार्टी कमिटिलाई वर्तमान विचौलिया सरकारको कामको भण्डाफोर गर्न निर्देशन दिएको छ ।