रवि लामिछानेपनी भारत भ्रमणमा

4

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् । लामीछानेको आकस्मिक भारत यात्राकव बिषयलाई लिएर चर्चा परिचर्चा चलेपनी उनी व्यक्तिगत कामकोलागी भारत गएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका हुन् ।

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा.मुकुल ढकालले दिएको जानकारीअनुसार सभापति लामिछाने पत्‍नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् ।

नेताहरूका अनुसार लामिछानेले पार्टीका केन्द्रीय नेताहरूसमेत भएको फेसबुक म्यासेन्जर ग्रुपमा भारत जान लागेको जानकारी गराएका थिए।

पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू