राखेप सदस्य सचिव सिलवाल बर्खास्त

12

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राखेपका सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । देउवा सरकारले यसअघिको केपी ओली सरकारको पालामा नियुक्त भएका पदाधिकारीहरूलाई बर्खास्त गर्ने क्रममा सिलवाललाई आज बर्खास्त गरेको हो ।

मन्त्रिपरिषदले बर्खास्तको अनुमति दिएलगत्तै उनी पदमुक्त गरिएको बुझिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिलवाल सदस्य सचिव नियुक्त भएका थिए । पछि नियमावली संशोधन गरी उनलाई पुनः नियुक्ति दिइएको थियो ।

सरकारले सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई स्पष्टीकरण सोधेको थियो ।

सिलवालले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आजको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

समाचार वर्गहरू