राप्रपा अध्यक्षमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

30

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

उनका प्रतिष्पर्धी राप्रपाका निर्वतमान अध्यक्ष कमल थापालाई २२७ मतले पराजित गर्दै उनी विजयी भएका हुन् ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए ।

यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

राप्रपाको आज निर्वाचित हुने नयाँ कार्यसमितिलाई दिउँसो १ बजे प्रमाणपत्र प्रदान गरिने छ ।

राप्रपा केन्द्रीय निर्वाचन समितिले दिउँसो १ बजे निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रज्ञा भवनमा जितको प्रमाणपत्र प्रदान गर्न लागेको हो ।

समाचार वर्गहरू