राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

39

काठमाडौं – बडादशैँको अन्तिम दिन बुधवार कोजाग्रत पूर्णिमाका अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर पुगेर नवदुर्गा भवानीको पूजा–अर्चना गरी टीका प्रसाद ग्रहण गरेका छन् ।

राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरा र पञ्चरङ्गी धागो प्रसादस्वरुप ग्रहण गरेका थिए । नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणासमेत प्रदान गरे ।

त्यसैगरी, राष्ट्रपतिलाई तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल, माला तथा प्रसाद प्रदान गरेका थिए ।

उक्त अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।

समाचार वर्गहरू