काठमाडौैं – नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे आव्हान गरेकी छिन् ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेपछी राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाएकी हुन्।
सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।
शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए । यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए ।