राष्ट्रपतिले प्रमाणीत गरे टीआरसी विधेयक

59
तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ (टीआरसी) प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

‘‘राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।’’ प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुधबार सो विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए। गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत भदौ ६ गते राष्ट्रिय सभाले पारित गरेको थियो।

राष्ट्रपतिबाट प्रमाणीकरण भएकाले अब विधेयकले कानुनको मान्यता पाउनेछ।

समाचार वर्गहरू