काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् ।
बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका हुन् । शितलनिवासका अनुसार प्रधानमन्त्री कार्यालयको पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।
सोहि अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी छन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।
राष्ट्रपति कार्यालयले बिहिबार एक विज्ञप्ती जारीगरी शुक्रबार साँझ ५ बजेसम्मका लागी संविधानको धारा ७६ (५) को सरकार गठनको लागी आव्हान गरिसकेको छ ।