राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु

24

काठमाडौं – आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि (आइतबार) आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आजदेखि आचारसंहिता लागू भए पछि निर्वाचन नसकिदासम्म सरकार र सरकारका प्रतिनिधि चुनाव प्रचारमा सहभागी हुन पाउने छैनन् ।
निर्वाचनमा स्वच्छता, निष्यपक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न सरकार, सार्वजनिक संस्थाका कर्मचारी, सेना, प्रहरी, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक लगायतलाई आचारसंहिता लागू भएको छ ।

त्यस्तै, सरकार र मन्त्री, प्रदेश सरकार, स्थानीय तह, सरकारी, सार्वजनिक संस्थाका कर्मचारी, निर्वाचनमा संलग्न कर्मचारी, सरकारी तथा निजी सञ्चार माध्यम, गैर सरकारी संस्था, सरकारी अनुदानमा सञ्चालित विद्यालय तथा विश्वविद्यालयका शिक्षकलाई आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ ।

समाचार वर्गहरू