राष्ट्रिय सभागृहमा नेकपा केन्द्रीय कमिटी बैठक सुरु

49

मध्यबिन्दु/काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक राष्ट्रियसभा गृहमा सुरु भएको छ । ४४६ सदस्य रहेको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालयको हलमा नअटेपछि  राष्ट्रिय सभागृहमा बसेको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणपछि दोस्रो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो ।

मंगलबार बसेको नेकपा सचिवालय बैठकले आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिसकेको छ ।

केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटीले गरेका निर्णय अनुमोदन हुनेछन् । अहिले बैठक उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्तव्य राखिरहेका छन् ।

बैठकमा आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । बैठक आगामी माघ २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

समाचार वर्गहरू