राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरौं – प्रधानमन्त्री

4

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गर्न आह्वान गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै उनले शनिबार संसदमा सबै दललाई राष्ट्रिय सहमति गर्न आह्वान गरेका हुन्।

उनले यतिबेला देशमा आर्थिक संकट रहेको र त्यसलाई समाधान गर्न राष्ट्रिय सहमति गर्न आवश्यक रहेको बताए। ‘अहिले देशमा आर्थिक संकट छ। त्यसलाई समाधान गर्न हामीबीच एकता हुन जरुरी छ। जनताका समस्या समाधान गर्न हामी एक ठाउँ हुन जरुरी छ,’ उनले भने।

उनले यसबीचमा तीता मिठा भए पनि मनोविज्ञानभन्दा ठूलो राष्ट्र रहेको बताए। ‘हामीबीच केही तीता मिठा भएका छन्। ती मनोविज्ञानभन्दा ठूलो राष्ट्र हो। जनताको आधारभूत कुरामा काम गर्नु हो। सुशासन र समृद्धिको नयाँ मोडेल सँगै मिलेर खोजौं,’ उनले भने।

उनले महाभूकम्पको समयमा आफू प्रमुख प्रतिपक्षी दलको नेता रहेको स्मरण गर्दै त्यतिबेला संकटमा सरकारको साथ दिन घोषणा गरेको बताए। ‘महाभूकम्पको बेला म पनि प्रमुख प्रतिपक्षी दलको नेता थिएँ। त्यतिबेला मैले यही संसदमा भनेको थिएँ, म प्रमुख प्रतिपक्षी दलको नेता होइन। संकटमा तपाइँहरूको साथमा छु भनेर घोषणा गरेको थिएँ,’ उनले भने।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू