रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

13

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उक्त पार्टीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।

आइतबार बिहानै बसेको रास्वपाको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय गरेको थियो । यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

रास्वपाको आज बसेको बैठकले सरकारको समर्थन कायम राख्ने तर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि उपप्रधानसहित गृह मन्त्रालय गुमाएको रास्वपाले आफ्नो अडान कायम राखेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने रास्वपालाई गृह मन्त्रालय नदिने र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रस्ताव गरेका थिए । रास्वपाले उक्त प्रस्ताव स्वीकार नगरेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टीको निर्णयबमोजिम मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू