रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

21

बुटवल – कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु  भएको छ । बुटवल उपमहानगरपालिका-१७ निवासी ४५ वर्षीय पुरुष र सैनामैना नगरपालिका-४ की ५६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

बुटवलका ४५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान ६ बजे लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि शनिबार अस्पताल भर्ना भएका उनलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक कलेजो र मिर्गौला रोगबाट पीडित थिए ।

सैनामैना-४ की ५६ वर्षीया महिलाको सोमबार बिहान ६:२० बजे भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।

स्वास्थ्यमा समस्या भएपछि २२ गते उनलाई भीम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । मृतकमा मधुमेहको समस्या रहेको चिकित्सकले बताएका छन् ।

समाचार वर्गहरू