रुपन्देही जिल्ला अदालतका नासु र लेखापाल घूससहित पक्राउ

23

(काठमाडौं) – रुपन्देही जिल्ला अदालतमा कार्यरत नायब सुब्बा र लेखापाल दुई हजार घूस रकम सहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घूस रकम लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय भैरहवा दरबन्दी भई रुपन्देही जिल्ला अदालतमा लेखा सम्बन्धी कामकाज गर्न खटिएका लेखापाल विनोद शर्मा र रुपन्देही जिल्ला अदालतमा कार्यरत नासु बुद्धिप्रकाश न्यौपाने छन् ।

धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस माग गरेको भन्ने सूचनाका आधारमा दुवै जनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू