रौतहटका मेयर घुस लिादालिँदै पक्राउ

7

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिंदालिंदै रौतहटका मेयरलाई पक्राउ गरेको छ । आइतबार अपराह्न रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलसहित चार जनालाई घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं बाट प्रहरी नायव उपरिक्षक पुष्प मल्लको नेतृत्वको अख्तियार टोलिले देबाही गोनाही नगरपालिकाका प्रमुख पटेलसहित उनको स्वकीय सचिव अशोक पटेल, लेखापाल प्रदिप यादव योजना शाखाका मुकेश पटेललाई दुई लाख पचास हजार नगद तथा दुई लाख पचास हजारको चेकसहित पक्राउ गरेको छ ।

वडा नं १ स्थित करूनिया टोल निवासी वडाअध्यक्ष शेख नुरूल्लाहले विनियोजन गरेको बजेटको सम्पन्न गरेको योजनाको भुक्तानीको क्रममा घुस रकम लिने क्रममा उनीहरू पक्राउ परेको स्रोतले जनाएको छ ।

समाचार वर्गहरू