काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–१० को मतगणना स्थगित गरिएको छ । ५५ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि रोकिएको मतगणना स्थगित गरिएको हो ।
आइतबार प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गर्ने गरी सो वडाको मतगणना स्थगित गरिएको हो ।
गणनाका लागि खनाइएको मतपत्रलाई पुनः मतपेटिकामा हालेर सिलबन्दी गरिएको महालक्ष्मी नगरपालिकाका नेपाली कांग्रेस नेता सुदर्शन घिमिरेले जानकारी दिए ।
सो नगरपालिकामा अहिले वडा नम्बर–९ को गणना सुरु गरिएको छ भने १ नम्बर वडाको गणना पनि जारी छ ।