ललितपुर महानगर प्रमुखलाई धम्की दिने पक्राउ

23

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

ललितपुरको पुल्चोकमा मत्स्येन्द्रैनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने शाक्यलाई आज प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकहाँ लुकिछिपी बसेका अवस्थामा आज साँझ नक्खुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनीसँगै उक्त घटनामा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । अझै दुई जना फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञाको उल्लङ्घन गरी रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा त्यहाँ झडप भएको थियो । सोही क्रममा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

 

समाचार वर्गहरू