लागूऔषध चरेश सहित वडा सदस्य पक्राउ

27

(बाजुरा) – लागूऔषध चरेश सहित बाजुराबाट वडा सदस्य सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढ किलो चरेसका साथ वडा सदस्य सहित दुई जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर चरेस सहित दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन् ।

प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारवाही गरिने प्रहरीले प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईले बताए ।

समाचार वर्गहरू