(धादिङ) – लागूऔषध चरेस सहित धादिङबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गजुरी गाउँपालिका–५ दरिङ्गल खोलाको पुलबाट अवैध लागूऔषध चरेस करीब १ सय केजी सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बिरहखर्क बस्ने ३७ वर्षीय टेक बहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने ३७ वर्षीय बिशाल तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.९७ प ४९९९ र प्रदेश नं.३ ०२-००१ प ७४५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ४ वटा प्लास्टिकको बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।