लेखा समिति सभापति पत्नी कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी

185

काठमाडौं – संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाए ।

‘पक्राउ पुर्जी जारी गरी इलाका प्रहरी कार्यालय रंगेलीलाई पठाइएको छ’, बुढाथोकीले भने, ‘सात दिनभित्र प्रतिवादीहरू पक्राउ नपरे प्रहरीले सम्बन्धित व्यक्ति र प्रतिवादीको घरमा तामेली गर्नेछ । म्याद गुजार्दा कानुनबमोजिम प्रक्रिया अगाडि बढ्नेछ ।’

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

समाचार वर्गहरू