लेष्टर सिटीसँग क्रिष्टल प्यालेस २-० पराजित

13

(एजेन्सी) – लेष्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीलाई पछि पार्दै लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

क्रिष्टल प्यालेस विरुद्धको खेलमा लेष्टर सिटीले सहज जित निकालेको हो । आइतबार राति भएको खेलमा लेष्टरले क्रिष्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लेष्टर सिटीलाई जित दिलाउन काग्लार सोयुन्कु र जेमी भर्डीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा सोयुन्कुले गोल गर्दै लेष्टरलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा भर्डीले गोल गर्दै लेष्टरलाई २-० को सहज जित दिलाए ।

जितसँगै लेष्टरले ११ खेलबाट २३ अंक जोडेको छ । लेष्टर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । तेस्रो स्थानमा उक्लने क्रममा लेष्टरले चेल्सीलाई पछि पार्यो । समान अंक भएपछि गोल अन्तरमा चेल्सी चौंथो स्थानमा झरेको छ । १५ अंक जोडेको क्रिष्टल नवौं स्थानमा रहेको छ ।

समाचार वर्गहरू