वडाध्यक्ष कुट्ने वरिष्ठ सइसहित सातजनाविरुद्ध पक्राउ पुर्जी

45

काठमाडौं – पर्साको वीरगन्ज महानगरपालिका– २५ का वडाध्यक्षमाथि कुटपिटको घटनामा दुई प्रहरीसहित सातजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि एक भोजमा निर्घात कुटपिट भएको घटनामा उनिहरुविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।

कुटपिटमा संलग्न वरिष्ठ सइ सागरशमशेर जबरा, प्रहरी जवान दीपेश क्षेत्री, वीरगन्जकै वडा नम्बर १० का अध्यक्ष सुशील साह कानुलगायतविरुद्ध शुक्रबार किटानी जाहेरी दर्ता भएकोमा आइतबार अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

गत २९ फागुनको राति डायमन्ड पार्टी प्यालेसमा उनीमाथि कुटपिट भएको थियो।

समाचार वर्गहरू