वडा अध्यक्षकाे गाडीकाे बम विस्फाेट

18
प्रतिकात्मक तस्बिर

(पाेखरा) – कास्कीकाे पाेखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यकाे गाडीमा बम विस्फाेट भएकाे छ ।

घरमै पार्किङमा राखेकाे ग २ च नम्बरकाे गाडीमा गएराति विस्फाेट भएकाे हाे । विस्फाेटबाट गाडीकाे अघिल्लाे भागमा क्षति पुगेकाे छ ।

बम विस्फाेट किन र कसले गराएकाे भन्ने खुलेकाे छैन । घटनाकाे बारेमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

समाचार वर्गहरू