वनस्थलीमा मोटरसाइकल नालीमा खस्याे, चालक बेपत्ता

82

काठमाडौं – काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् ।

खोलाले बगाएको मोटरसाइकललाई निकालिए पनि चालक भने वेपत्ता भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकल र चालकलाई खाेलाले बगाएकाेमा बाइकलाई खाेलाबाट निकालिएकाे र चालक बेपत्ता भएका हुन् ।

सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ सवार मोटरसाइकल नालामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार स्थानियको सहयोगमा चालककाे खाेजी भइरहेकाे छ । बुधबार रातिदेखि परेको पानीका कारण उपत्यकाका नदी किनार क्षेत्र जलमग्न भएको छ ।

समाचार वर्गहरू