(बारा) – वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपलिका-२० बस्ने ४० वर्षीय देवानन्द गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
वन मुद्दामा जिल्ला अदालत बाराको २०५९ पुस २३ गतेको फैसलाले ६ महिना कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
गिरीलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।