वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

21

काठमाडौँ — वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण आइतबार ६१ वर्षको उमेरमा निधन भएको छ ।

दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उनी हाल न्यूज–२४ को समाचार प्रमुख थिए । उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका आचार्यको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उनका श्रीमती, एक छोरी छन् ।

समाचार वर्गहरू