वागमती योजना आयोग उपाध्यक्षमा डा.गंगादत्त नेपाल

87

काठमाडौं – वागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.गंगादत्त नेपाललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका नेपाललाई रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।

बैठकले आयोगका सदस्यमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दीपेन्द्र श्रेष्ठलाई नियुक्ति गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गरिएको छ । समाजिक विकास मन्त्रालयको प्रस्तावमा खेलकुद मन्त्रालयको स्वीकृतिमा उनी नियुक्त भएको मन्त्री लामिछानेले जानकारी दिए । सामाजिक विकास मन्त्रालय विभाजन गरी खेलकुद मन्त्रालय कायम भए पनि कानुनी अड्चनका कारण सदस्य–सचिव नियुक्तिमा समस्या हुँदै आइरहेको थियो ।

बैठकले श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति नहुँदा अघिल्लो बैठकमा यो एजेन्डा रोकिएको थियो ।

समाचार वर्गहरू