वामदेव गाैतमले एमाले छोडे समाजवादीमा गएनन्

11
फाइल फोटो

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।

गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङमार्फत राजीनामा बुझाएका हुन् । गौतमले शुक्रबार दिउँसो पार्टी कार्यालयमै आएर राजीनामा पत्र बुझाएको तामाङले जानकारी दिए ।

नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना भएपछि अध्यक्ष केपी ओली रवबरिष्ठ नेता माधव नेपाल दुवै पक्षतर्फ छलफल चलाइरहेका गौतम पार्टी विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने चर्चा थियो ।

तर पछि जनताको बहुदलीय जनवाद (जबज) नमानेको भन्दै गौतमले नेकपा समाजवादीमा जाने ढोका पनि बन्द भएको बताएका छन् ।

समाचार वर्गहरू