कबड्‌डी संघको अध्यक्षमा वामदेव गौतमपत्नी थापा निर्वाचित

3

काठमाडौं – नेपाल कबड्‌डी संघको अध्यक्षमा तुल्सी थापा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी अमितबहादुर गुरुङलाई पराजित गर्दै थापा कबड्‌डी संघको अध्यक्षमा निर्वाचित भएकी हुन् ।

अध्यक्षमा निर्वाचित थापा एमालेकी पूर्वसांसद एमालेका पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमकी पत्नी हुन् । नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत रहेकी थापा दोस्रो कार्यकालकालागी अध्यक्ष भएकी हुन् ।

यस्तै, संघको उपाध्यक्षमा  कुमार आले र रतिया राजवंशी निर्वाचित भएका छन् । महासचिवमा भने अरबिन्दकुमार झा चयन भएका छन् । यसैगरी, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भएका छन् ।

संघको सदस्यमा निराजन श्रेष्ठ, तेजबहादुर विष्ट, जयबहादुर बोहरा, शरद दर्शनधारी, जनक चौधरी, राजकुमार क्षेत्री, धीरेन्द्र राजवंशी, विन्दु थापामगर, भगवती अधिकारी, निर्मलाकुमारी बिसी र उमालाल यादव चयन भएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू