वार्ताका लागि सेनाले माग्यो जेनजीका प्रतिनिधिको नाम, कसलाई पठाइँदैछ वार्तामा ?

150

काठमाडौं – जेनजी आन्दोलनको समाधानका लागि नेपाली सेनाले प्रत्यक्ष पहल थालेको छ ।

सेनाले आन्दोलनकारी समूहलाई बिहान वार्ताका लागि प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । सेनाको सन्देशसँगै जेनजीका विभिन्न समूहभित्र अहिले प्रतिनिधित्वबारे तीव्र छलफल भइरहेको छ ।

सो समूहले रास्वपाका सांसद सुमना श्रेष्ठसँग पनि छलफल गरेको थियो, तर उनले आफू पार्टी संरचनासँग आबद्ध भएकाले जेनजी तर्फबाट वार्तामा सहभागी हुन नसक्ने जनाएकी छन्।

यस्तै, अन्य जेनजी समूहहरूभित्र पनि प्रतिनिधि पठाउने विषयमा आन्तरिक परामर्श जारी छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह आन्दोलनकै तर्फबाट वार्तामा सहभागी हुने वा अलग भूमिकामा रहने भन्नेबारे भने अझै टुंगो लागेको छैन।

समाचार वर्गहरू