विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय भएको थियो – देउवा

60

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अग्रज नेताहरूका बारेमा जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन्।

सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९औं स्मृति सप्ताहको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको सभामा सभापति देउवाले सूर्यप्रसाद उपाध्यायले लोकतान्त्रिक आन्दोलनमा र पार्टी निर्माणमा गरेको योगदानको स्मरण गरेका थिए ।

पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरुको बारेमा अध्ययन र अनुसन्धान गरी जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका थिए।

सभापति देउवाले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पंक्तिको स्मरणीय नेताका रूपमा पुनर्स्थापित गर्दै शीर्षस्थ नेताका रुपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफूलाई खुसी लागेको धारणा राखे।

उनले विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै अहिले पार्टीले न्याय गरेको जिकिर गरे। देउवाले पार्टी निर्माणमा सूर्यप्रसाद उपाध्यायले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरेका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू